Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किवानिजद्वारा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण

शनिबार, असोज ५, २०८१
tribeni2
  • गोपाल ओली

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भूकम्प प्रभावित विद्यालयमा नयाँ भवन निर्माण गरेको छ । किवानिज इन्टरनेश्नल क्लबले त्रिवेणी गाउँपालीकाका ३ वटा विद्यालयहरुमा भवन निर्माण गरेको हो । 

नव निर्मित भवनहरु शुक्रबार एक कार्यक्रमका बिच विद्यालयहरुलाइ हस्तान्तरण समेत गरिएको छ । गाउँपालीकाको वडा नम्वर ३ मा रहेको युवा जनजागरण आधारभुत विद्यालय कुरलमा ११ लाख बराबरको दुई कोठे र वडा नम्वर ४ को अन्धनासक माध्यमिक विद्यालय खुम्चेरिमा ११ लाख बराबरको दुई कोठे पक्की भवन निर्माण गरिएको हो । त्यसैगरी ३ नम्वर वडामै रहेको प्रस्तावित बाल मञ्जरि वालबिकास केन्द्रमा २ कोठे कच्ची भवन तीन लाख र जनश्रमदणबाट निर्माण गरिएको छ ।

school-bhawan_Rukum_Raju-1726907290.jpgभवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम किवानिज इन्टरनेश्नल क्लब अफ खारा रुकुमका अध्यक्ष विर बहादुर ओलीको अध्यक्षता र गाउँपालिका अध्यक्ष गणेश कुमार केसिको प्रमुख आतिथ्यतामा सम्पनन भएको हो ।  

कार्यक्रममा किवानिज इन्टरनेश्नल वोर्डअफ ट्रष्टि मोहन लम्साल, किवानिज नेपाल डिष्ट्रिक गर्भनर तिर्थ कुमार सिंह, गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ति, वडा नम्वर ३ अध्यक्ष दिपेन्द्र कुमार ओली, ४ नम्वर वडा अध्यक्ष नन्नराम बाँठा , स्थानीयहरु, आमा समुह, शिक्षक विद्यार्थि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण क्लबका सचिब विर्ख बहादुर केसिले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्