Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

करार कर्मचारी संगठन चौरजहारीको अध्यक्षमा प्रवेश चयन

शनिबार, असोज ५, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको करार कर्मचारी संगठनको दोश्रो भेला सम्पन्न भएको छ । शनिबार नगरपालिकामा भएको भेलाबाट प्रवेश शर्माको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । 

संठगनको उपाध्यक्षमा लक्ष्मी चन्द, सचिवमा डिल्लीराज जैसी, सहसचिवमा ज्ञानी कुमारी केसी र कोषाध्यक्षमा रोषणा ओली चयन हुनुभएको नेपाल राष्ट्रिय कर्मचारी संगठन चौरजहारी नगर कमिटीका सचिव देवेन्द्र रोकायले जानकारी दिनुभयो । 

उहाँका अनुसार संगठनको सदस्यहरुमा बिनोद ढकाल, शिखर लामिछाने, सीता केसी, सुरेश शाह, रेखा सुनार, भिमसेन पुन, मिसर कुमार पुन, खड्क ढकाल, अमर ओली र खिम प्रकाश खड्का चयन हुनुभएको छ । 

करार कर्मचारीहरुको हक तथा हितका लागि उक्त संगठन गठन गरिएको बताईएको छ । चौजहारी नगरपालिकाका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रथम नगर प्रमुख बिशाल शर्मा र नगर उप प्रमुख ईश्वरी शर्मा बिएमको बिशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकाल, वडा नम्वर १२ का वडा अध्यक्ष टिकाराम ओली, नेकपा (माओवादी केन्द्र) चौरजहारीका सचिव एल बि कटुवाल, सहिद बेपत्ता सन्तती फाउन्डेसनका कर्णाली प्रदेश अध्यक्ष समिर केसी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी नगर कमिटीका अध्यक्ष प्रेम महर लगायतको आतिथ्यता रहेको थियो ।

संगठनका पूर्व नगर कमिटी सचिव बलबहादुर केसीको अध्यक्षतामा भएको भेलाको सञ्चालन नेपाल राष्ट्रिय कर्मचारी संगठन चौरजहारी नगर कमिटीका सचिव देवेन्द्र रोकायले गर्नुभएको थियो । 

e6aceb46-cf02-42fe-8925-e18f3b5192d5-1726936629.jpg
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्