Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाठेघर खसेका ४६ महिलाको निःशुल्क अप्रेशन गरिदै

आइतबार, असोज ६, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका क्षेत्रभित्रका ४६ जना पाठेघर खसेका महिलाहरूको निःशुल्क अप्रेसन हुने भएको छ । 

नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य जाँच शिविर सञ्चालन गरेर पहिचान भएका पाठेघर खसेका महिलाहरूको नि:शुल्क अप्रेसन हुने जनाएको छ । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार नगरपालिका क्षेत्रभित्र विभिन्न पाँच स्थानमा शिविर सञ्चालन गरी एक हजार ६८० जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । सो क्रममा पाठेघर खसेका ४६ महिला पहिचान भएको ढकालले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिकाको आयोजना र आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा १० दिनसम्म पाँच ठाउँमा स्वास्थ्य जाँच परीक्षण शिविर सञ्चालन गरिएको थियो । अप्रेसनका लागि छनोट भएका ४६ जना पाठेघर खसेका महिलाहरूको कोहलपुर मेडिकल कलेजमा अप्रेसन हुने नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । एक जना कुरुवासहित अप्रेसनको सबै खर्च भने निःशुल्क हुनेछ । 

ग्रामीण परिवेशमा अझै पनि महिलाहरू रोग लुकाएर बस्ने गरेका कारण समयमै उपचार नपाउने अवस्थाको अन्त्य गर्न नगरपालिकाले आड्रा नेपालसँग सहकार्य गरेको नगर प्रमुख वादीले बताउनुभयो । 

स्त्रीरोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फेको नेतृत्त्वमा एक दर्जन स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालन भएको थियो ।

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, सहिदस्मृति नगर अस्पताल, १४ नम्वर वडा कार्यालय, वडा नम्वर १२ स्थित आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्वर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्