Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्लेमा खाद्य व्यवस्था कार्यालयको चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

आइतबार, असोज ६, २०८१
tribeni2

नजिकिदै गरेको दशै र तिहारलाई लक्षित गरेर रुकुम पश्चिममा 'पर्वोत्सव सहुलियत छुट मूल्य पसल' सञ्चालन गरिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमले आज आईतबार देखि मुसिकोट नगरपालिका –१ सल्लेमा सहुलियत पसल सञ्चालन गरेको हो । 

कार्यालयका प्रमुख विनोद चन्दका अनुसार कार्यालयले बिक्रि गर्दै आईरहेको खाद्यन्नमा छुट दिएर चामल बिक्रि सुरु गरिएको छ । उहाँका अनुसार हाललाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुमपश्चिममा उपलब्ध चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट गरेर सहुलियत पसल सञ्चालन गरिएको छ । 

कार्यालय प्रमुख चन्दले पर्वोत्सव सहुलियत छुट मूल्य पसलमा चामल लिन आउनेहरुको संख्या बढेको जानकारी दिनुभयो । कार्यालयले स्टिम जिरा मसिनो चामललाई प्रतिकिलो ९६ रुपियाँ, अरुवा सोना मन्सुली चामललाई प्रतिकिलो ६५ रुपियाँ, अरुवा मध्ययम चामललाई प्रतिकिलो ६५ रुपियाँ र अरुवा मोटा चामललाई ६३ रुपियाँमा बिक्रि गर्दै आएकोमा आजबाट सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपियाँ छुट दिएर बिक्रि सुरु गरेको छ । 

कार्यालय प्रमुख चन्दले कार्यालयमा अहिले ५५४.५० क्विन्टल चामल मोजुदा रहेको जानकारी दिनुभयो । 

907100a8-61ce-46e6-a276-8c8b36881802-1726992320.jpg
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्