Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय एजेण्डाहरुमा एकमत भएर मात्र संविधान संशोधन : जनार्दन शर्मा

आइतबार, असोज ६, २०८१
tribeni2

रुकुम पश्चिम । पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले राष्ट्रिय एजेण्डाहरुमा एकमत भएर मात्र राष्ट्रियता, समावेशीता लगायतका बिषय थप बलियो बनाउन संविधान संशोधन गर्न सकिने बताउनु भएको छ । उहाँले गणतन्त्रका उपलब्धिहरु कमजोर बनाएर संविधान संशोधन गर्न खोजे मान्य नहुने बताउनुभएको छ ।

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१ र बाँफिकोट गाउँपालिका –१० जोड्ने गाराघाट पुलको आईतबार उद्घाटन गनुहुँदै शर्माले सत्तारुढ दलहरुले केन्द्रमा संविधान संशोधनको कुरा उठाएकोले यसलाई सकारात्मक रुपमा लिएको समेत बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहनुभएका पूर्वमन्त्री शर्माले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचार बिरोधी कार्यहरु वर्तमान सरकारले निरन्तरता दिएर मुलुकमा सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो ।  

पूर्वमन्त्री शर्माले ढिलै भएपनि गाराघाटमा निर्माण भएको पुलले विकास तथा सहज यातायात सेवामा टेवा पुग्ने बताउनुभयो । उहाँले यस क्षेत्रका जनताको आर्थिक विकासका गतिविधिहरुलाई राप्ती राजमार्गले सहज बनाउने र यसको लाभ सबैले लिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

जिल्लामा आएको बजेट फिर्ता गर्न नहुने तर गुणस्तरिय विकासमा लागिपर्नेमा उहाँले जोड दिनुभयो । पुलबाट मान्छेको मात्रै आवाज जावत नभएर यहाँ उत्पादित कृषि उपजहरु निर्यात गरेर आर्थिक समृद्धि हाँसिल गर्न सक्नुपर्ने शर्माले बताउनुभयो । 

बाँफिकोट गाउँपालिक अध्यक्ष जनक कुमार बाँठा मगरको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा जिल्लाका सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु, प्रुमख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायत विभिन्न कार्यालयक प्रमुखहरु, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार ...

पूर्वमन्त्री शर्माद्वारा गाराघाटमा मोटरेबल पुलको उद्घाटन

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्