Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा झुठ्ठा विवरण पेश गरेर दोहोरो नागरिकता बनाउने एक पक्राउ

सोमबार, असोज ७, २०८१
tribeni2

रुकुम पश्चिममा झुठ्ठा विवरण पेश गरेर दोहोरो नागरिकता लिने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सानीभेरी गाउँपालिका ११ जन्मघरभई हाल बाँफिकोट गाउँपालिका वडा नम्वर ३ कोलचौरमा बसाईसराई गरी बस्ने ५४ बर्षीय देव विक्रम सिंह शाह पक्राउ पर्नुभएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले वडा कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा समेत झुठ्टा विवरण पेश गरेर दोहोरो नागरिकता लिएको आरोपमा शाहलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट झुठ्ठा विवरण पेश गरेको कागजसहित दाखिला हुन आएका शाहलाई रुकुम जिल्ला अदालतबाट म्याद थप गरेर थप अुनसन्धान भईरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार शाहले यस अघि पनि नागरिकता लिईसकेको अभिलेखबाट देखिन्छ । शाहले २०४५ साल साउन १६ गते साबिक जिल्ला प्रशासन कार्यालयबाट दलबहादुर बिकको नामबाट नागरिकता लिईसकेको भेटिएको छ । 

उहाँको बुवासहितको परिवार बाँके बसाईसराई गरेर गएपछि रोजगारीको लागि उहाँहरु लामो समयसम्म भारत बसेको खुल्न आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले भारतको लामो बसाई, छोराछोरीको शिक्षा दिक्षाको क्रममा उहाँले आफ्नो नाम बदलेर देव बिक्रम सिंह राखेको र भारतीय आधार कार्ड लगायतका प्रमाणमा सोहि नाम कायम गरेको खुल्न आएको छ ।

यस क्रममा उहाँको श्रीमती कौशिला बिक गहतराजले बाँके प्रशासनबाट थर संशोधन गरेर कौशिला शाह कायम गरेको समेत खुलेको छ । बुवा र अरु दाईभाई बसाई सराई गरेर गएको तर आफूले रुकुमको साबिकको अर्मा गाविसबाट बसाईसराई नलिएको भन्दै त्यहाँबाट बाँँफिकोट बसाईसराईको कागज बनाएको देखिन्छ ।

बाँफिकोट गाउँपालिका वडा नम्वर ३ मा नागरिकता प्राप्तीको निवेदन दिएपछि आफूले नागरिकता नबनाएको बताउँदै सर्जमिन मुचुल्काको लागि समेत शाहले झुठ्ठा विवरण खडा गरेको, वडा कार्यालयबाट सिफारिस बनाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट गत भदौ २७ गते दोश्रो नागरिकता बनाउन सफल भएको खुलेको छ ।  

आफ्नो नागरिकतापछि छोरीछोरीको नागरिकता बनाउने क्रममा उहाँले दोहोरो नागरिकता लिएको पत्ता लागेको हो । प्रशासन कार्यालयका अनुसार छोराछोरीको नागरिकताको लागि पेश गरिएको आमाको अभिलेख बुझ्ने क्रममा उनका श्रीमान् र ससुराको विवरण खुलेको र त्यस क्रममा शाहले पहिला नै नागरिकता लिईसकेको खुलेको हो । 

त्यस लगत्तै प्रशासन कार्यालयले कागजात र शाहलाई प्रहरीको जिम्मा लगाएर आवश्यक कारबाहिको माग गरेको हो । शाहले थर संशोधन गर्न पाउने कानूनी व्यवस्था हुँदाहुँदै फरक फरक नाममा नागरिकता लिनुका कारण, श्रीमतीको नागरिकता बनाउने क्रममा समेत किर्ते प्रमाण बनाएको हुनसक्ने लगायतका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्