Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यमुनानन्द नमूना माविमा पाँच लाख ५५५ रुपियाँको अक्षयकोष स्थापना

सोमबार, असोज ७, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ मा रहेको यमुनानन्द नमूना माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । 

विद्यालयका संस्थापक स्व. होमजङ्ग मल्लको स्मृतिमा पाँच लाख ५५५ रुपियाँको होमजङ्ग मल्ल स्मृति अक्षकोष स्थापना गरिएको हो । मल्लका १० भाईबहिनी छोराछोरीहरु मिलेर उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

स्वर्गिय मल्लका छोरा तथा मुसिकोट नगरपालिका -५ का वडा अध्यक्ष समिरजङ्ग मल्लले शिक्षा प्रतिको बुवाको समर्पणलाई मनन् गरेर उहाँकै योगदानमा स्थापित विद्यालयमा अक्षय कोष स्थापना गरिएको बताउनुभयो । 

बुवाको स्वर्गारोहण भएको तिथि पितृश्राद्ध आश्विन कृष्ण चतुर्थीको दिनको अवसरमा विद्यालयमा उक्त कोष स्थापना गरिएको मल्लले जानकारी दिनुभयो । स्व. मल्लको २०५९ सालमा निधन भएको थियो । 

विद्यालयका प्रधानाध्यापक कम प्रसाद देवकोटाले अक्षयकोष स्थापनाका लागि स्व. मल्लका छोराछोरीहरुको तर्फबाट पाँच लाख ५५५ रुपियाँको चेक विद्यालयमा प्राप्त भएको बताउनुभयो । यस रकमको अक्षयकोषले विद्यालयको भौतिक मर्मत सम्भारमा महत्वपूर्ण सहयोग पुग्ने प्रधानाध्यापक देवकोटाको भनाई रहेको छ ।

यस कोषबाट बार्षिक रुपमा प्राप्त हुने लाभांशबाट विद्यालयमा आवश्यक फर्निचरका सामान, कम्प्युटर तथा ईलेक्ट्रोनिक उपकरणहरु मर्मत तथा व्यवस्थापन गरिने विद्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्