Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा केशन कुमार क्षेत्रीयाल चयन

सोमबार, असोज ७, २०८१
tribeni2

रुकुमेली समाज बिकास केन्द्र रुकुमको १९ औं बार्षिक साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न भयको छ । सोमबार सम्पन्न अधिबेशनबाट केशन कुमार क्षेत्रीयालको अध्यक्षतामा संस्थाको नयाँ कार्य समिति चयन भएको छ । 

सस्थाका कार्यकारी निर्देशक नरेन्द्र ओलीका अनुसार क्षेत्रीयालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा शुसिला शर्मा दाहाल, सचिवमा प्रविर ददेल, कोषाध्यक्ष खिमसरा पुन चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा कमल कुमार शाह, टेक बहादुर बिक, दशरथ नेपाली, रन्जना बिक र राम बहादुर पुन चयन हुनुभएको कार्यकारी निर्देशक ओलीले बताउनुभयो । 

२०६१ सालमा स्थापित यस सस्थाले सामाजिक रुपान्तरणको क्षेत्रमा रुकुम पश्चिम, रुकुम पूर्व लगायतका जिल्लामा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।  

संस्थाका अध्यक्ष नर बहादुर लम्सालको अध्यक्षतामा भएको अधिवेशनमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्