Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देउसी खेलेर उठेको रकमबाट बिरामीको उपचारमा सहयोग

उपचारमा सहयोग गरिदिन आग्रह
२०७८ कार्तिक २२
tribeni2

रुकुम पूर्व / तिहारमा देउसी खेलेर उठेको रकमको भोजभतेर वा फजुल खर्च गर्ने चलनलाई तोडर रुकुम पूर्वको एक देउसी समुहले बिरामीको उपचारको लागि सहयोग गरेको छ ।

जिल्लाको सिस्ने गाउँँपालिका वडा नम्बर ६ को देउसी भैलो समुहले भैली खेलेर उठेको रकमबाट बिरामीलाई सहयोग गरिएको हो । उक्त समुहले देउसीबाट उठेको रकमले सोहि वडाका दिपेन्द्र शाहीलाई उपचारको लागि सहयोग गरेको हो ।

हरेक वर्षको तिहारमा देउसी भैलोबाट उठाएको रकम बिभिन्न सामाजिक काममा खर्च गर्दै आएको बाहुनडेरा देउसी भैलो समूहले यस वर्ष शाहीको उपचारका लागि १० हजार नगद सहयोग गरेको देउसी भैलो समुहका शुसिल गौतमले जानकारी दिनु भयो । आर्थिक अवस्था कमजोर भएका शाहीको अवस्थालाई मध्यनजर गर्दै थोरै भएपनि राहात मिलोस भन्ने उद्धेश्यका साथ नगद सहयोग गरिएको गौतमको भनाई छ ।

बिगत १ वर्षदेखी ब्रेन ट्युमरको समस्याले ग्रसित शाहीको गत वर्ष उपेन्द्र देवकोटा मेमोरिएल न्यूरो अस्पतालमा अप्रेशन गरिएको थियो । तर ट्युमरको अवशेष बाँकी रहेकोले पुनः उपचार हुन नसकेर पुर्वाञ्चल क्यान्सर अस्पताल झापामा रिफर गरिएको थियो । शाही अहिले झापामा उपचाररत हुनुहुन्छ ।

परिवारको आर्थिक स्थिती कमजोर रहेका शाहीको पहिलो अप्रेशनमा ५ लाख रुपैयाँ खर्च भएको थियो । अहिले पनि पुनः अप्रेशन गर्न ७ देखी ८ लाख सम्म खर्च हुने बिरामीका भाई हिमशिखर शाहीले बताउनुभयो ।

घरमा भएको जति सबै रकम पहिलो अप्रेशनमै खर्च भएकोले अब पुनः अप्रेशनका लागि रकम जुटाउन परिवारलाई समस्या भैरहेको शाहीको भनाई छ । साथै दाजुको उपचारमा सहयोग गरिदिनका लागि उहाँले सबैमा आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्