नेभिगेशन
गीत/संगीत

यमुनानन्द नमूना माविको गित स्यार्पूमा लोकार्पण (भिडियोसहित)

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँमा रहेको यमुनानन्द नमूना माध्यमिक विद्यालयको बारेमा तयार गरिएको गित लोकार्पण गरिएको छ । 

शुक्रबार बाँफिकोट गाउँपालिका ३ मा भएको १४ औं स्यार्पू बृहत खेलकुद, कषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव, २०८१ उद्घाटनको अवसरमा कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सभाका सदस्य महेन्द्र केसीले गितको लोकार्पण गर्नुभएको हो । केसीले साउण्ड सिस्टम अन गरेर गितको लोकार्पण गर्नुभएको हो । 

हाम्रो प्यारो स्कुल यमुना
हाम्रो सुन्दर मावि नमूना
ठाडो शिरले गर्व गर्ने बिद्यार्थी हौं हामी
थरिथरी फूल फूल्छौ बगैचामा हामी ...

यहि बोलको यस गितको शव्द विद्यालयका प्रधानाध्यापक कम प्रसाद देवकोटाले सिर्जना गर्नुभएको हो भने लोक गायक जय देवकोटाले स्वर दिनुभएको हो । 

गितको लोकार्पणको अवसरमा सोहि गितमा तयार गरिएको नृत्य समेत प्रस्तु गरिएको थियो । भिडियोमा विद्यालयका शिक्षिक प्रेमकला बाँठा लगायत अन्य विद्यार्थीहरुको नृत्य प्रस्तुत गरेका थिए । 

लोकार्पण कार्यक्रममा महोत्सवको कार्यक्रमका उपस्थित विभिन्न अतिथीहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रममा सहभागि बिद्यार्थीहरु, शिक्षकहरु, स्थानीयवासी लगायतले राष्ट्रिय र विद्यालयको झण्डासहित सरिक भएका थिए । 

(गितमा विद्यालयले प्रस्तुत गरेको नृत्य हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला)

https://www.facebook.com/share/v/zhyhbeiYR8MG7NZz/

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गीत/संगीत