chrj chrj
chrj chrj

राप्ती राजमार्गको राम्रीमा बर्षाले सडक भासियो

शनिबार, असोज १२, २०८१

राप्ती राजमार्ग अन्तर्गत दाङ - सल्यान सडकखण्डको राम्रीमा सडक भासिएको छ । लगातारको वर्षाको कारण शनिबार बिहान सडक भासिएको हो ।

ward1

तुलसीपुर उपमहानरपालिका -३ स्थित राम्रीमा सडक भासिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सडक भासिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको छ । 

सडक अवरुद्ध भएपछि दाङबाट सल्यान, रुकुमतर्फ आउने  र सल्यानहुँदै दाङ, नेपालगञ्ज, बुटवल, काठमाडौंतर्फ जाने दर्जनौ सवारी साधन रोकिएका छन् । 

सडकको भाग पुरै भासिएर पहिरो गएकोले सडक मर्मत हुन केहि दिन लाग्ने बताईएको छ । सडक अवरुद्धपछि सयौ यात्रुहरु अलपत्र बनेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्