chrj chrj
chrj chrj

रुकुमकोट निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति चयन

शनिबार, असोज १२, २०८१

रुकुमकोट निर्माण व्यवसायी संघ रुकुम पूर्वको नयाँ कार्यसमिति चयन भएको छ । 

ward1

शनिबार रुकुमकोटका भएको संघको दोश्रो अधिवेशनबाट हर्कबहादुर रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । 

संघको उपाध्यक्षमा मान बहादुर बुढाथोकी, संगम रोका मगर र सबिन पुन मगर चयन हुनुभएको छ भने महासचिवमा सुधन रेग्मी, सचिवमा सुरेश थापा र कोषाध्यक्षमा दुधसिं बुढा चयन हुनुभएको छ । 

संघको सदस्यहरुमा लजिम ओली, मुरती प्रसाद पुन, बमबहादुर बिष्ट, मदन सुनार, प्रतिक्षा घर्तीमगर र थपनराज बुढा चयन हुनुभएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्