विद्यालय तीन दिन बन्द गर्ने सरकारको निर्णय

आइतबार, असोज १३, २०८१

काठमाडौँ। वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो । 

मन्त्री भट्टराईका अनुसार विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई अर्को दिन परीक्षामा बस्न दिने निर्णय पनि गरिएको छ । शैक्षिक क्यालेन्डर कार्यान्वयनको दबाबमा रहेको त्रिभुवन विश्वविद्यालयले शनिबार पनि मुलुकभर विभिन्न तहको परीक्षा सञ्चालन गरेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्