एनप्यापको बार्षिक समिक्षा तथा साधारण सभा सम्पन्न

आइतबार, असोज १३, २०८१

नेपाल जनजागरण मञ्च (एनप्याप) रुकुम पश्चिमको बार्षिक समिक्षा तथा ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

शनिबार मुसिकोट नगरपालिका– १ खंलगामा बार्षिक समिक्षा तथा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिव खम्बुसिंह श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

संस्थाले रुकुम पश्चिम र पुर्वमा चार वटा परियोजना संचालन गरेको छ । रुकुम पूर्वको भुमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा समुदाय रुपान्तरण परियोजना, रुकुम पूर्व जिल्लाभर अपांगता पुनस्थापना कार्यक्रम, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण कार्यक्रम संचालन गरिरहेको छ ।

साधारण सभाको उपलक्षमा सरस्वती मावि सल्लेका ६ जना र यमुनानन्द नमूना माध्यामिक विद्यालयका २ जना गरेर ८ जना विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । सोहि अवसरमा पत्रकार भरत चन्द र कर्मचारी समिट रिजाललाई सम्मान गरिएको छ । 

समिक्षा तथा साधारण सभाको उद्घाटन सत्र एनप्यापका अध्यक्ष टेक कुसारीको अध्यक्षतामा र जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव दिपेन्द्र महताराले गर्नुभएको थियो । 

461517789_518928877499665_8274447652956958124_n-1727603736.jpg

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्