Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तिहार मनाउन 'माइत आएकी मैतालु'हरुको हेर्नुस् यो उदाहरणीय काम

२०७८ कार्तिक २२
tribeni2

रुकुम पूर्व / तिहारको मौकामा माईती आएका यहाँका चेलीहरुले एक उदाहरणीय सामाजिक काम गरेका छन् ।

भाईटिकामा माईती आएका मैतालुहरुको समुहले देउसी भैली खेलेर जम्मा भएको रकम आँखा उपचार केन्द्रलाई हस्तान्तरण गरेर उदाहरणीय सामाजिक कार्य गरेका हुन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ५ स्थित टाकुरा टोलको मैतालु दिदिबहिनी समुहले देउसी भैलो खेलेर आँखा उपचार केन्द्रलाई सहयोग गरेका हुन । समुहले एक दिन देउसी भैलो खेलेर उठेको रकम सिस्ने गाउँपालिका ५ को लाम्पाटामा रहेको आँखा उपचार केन्द्रलाई सहयोग गरेको हो ।

समुहले आँखा उपचार केन्द्रलाई २६ हजार १ सय ५ रुपैयाँ सहयोग गरेको हो । आज एक औपचारिक कार्यक्रमका बिच मैतालु देउसी भैलो समुहको नेतृत्व गर्नुभएकी चित्रा मल्लले आँखा उपचार केन्द्र रुकुमकोटका व्यवस्थापन समिति अध्यक्ष बलबहादुर थापालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रुकुमकोटमा जन्मिएर बिहे गरी गएकाहरुले तिहार मान्न जन्मघर आएका बेला देउसी भैलो खेलेको रकम थोरै भएपनि राहत मिलोस भनेर सहयोेग गरेको मल्लले बताउनुभयो ।

देउसी भैलो खेलेर पिकनिक खाने चलन भएपनि आफुहरुले भने देउसीभैलो खेलेर उठेको रकम सामाजिक कार्यमा प्रयोग गरेको मल्लले बताउनुभयो । यो रकमले आखा उपचार केन्द्रलाई थोरै भएपनि राहत मिल्ने विश्वास उहाँले लिनुभएको छ ।

सहयोग रकम बुझ्नु हुदै आँखा उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष थापाले मैतालु दिदिबहिनी देउसीभैलो समुहलाई धन्यवाद व्यक्त गर्नुभयो । मैतालु दिदिबहीनीको समुहले गरेको यो सहयोगले आँखा उपचार केन्द्रलाई ठुलो राहत मिलेको बताउँदै उक्त रकम उपचार केन्द्रको व्यवस्थापनमा खर्च गरिने अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले आखाको उपचारलाई व्यवस्थित गर्नको लागि अन्य सहयोगी दाताहरुलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्