विपद् प्रतिकार्यका लागि उद्धार सामाग्री हस्तान्तरण

आइतबार, असोज १३, २०८१

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले विपद् प्रतिकार्यका लागि उद्धार सामाग्री हस्तान्तरण गरेको छ । 

रेडक्रसले जिल्ला तथा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र वडा विपद् व्यवस्थापन समितिलाई विपद् प्रतिकार्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । 

नेपाल रेडक्रस सोसाइटीका जिल्ला कार्यक्रम संयोजक सरोज थापाका अनुसार सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा रहेको वडा विपद व्यवस्थापन समिति, गाउँपालिकामा रहेको स्थानीय आपतकालिन केन्द्र र जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई उद्धार सामाग्री हस्तान्तरण गरिसकिएको छ भने भोलि सोमबारका दिन त्रिवेणी गाउँपालिका वडा नम्वर ९ र १० मा रहेको वडा विपद् व्यवस्थापन समिति र त्रिवेणी गाउँपालिकामा रहेका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई उद्धार सामाग्री हस्तान्तरण गरिने छ । 

कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत विपद् व्यवस्थापनका सामाग्रीहरु उलपब्ध गराईएको संयोजक थापाले जानकारी दिनुभयो । सम्बन्धित वडा कार्यालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमै रेडक्रसका पदाधिकारीहरु तथा कर्मचारीको टोली पुगेर सामाग्री हस्तान्तरण गरिएको हो । 

विपद्पश्चात उद्धारका लागि अत्यावश्यक मानिने विभिन्न २७ प्रकारका सामाग्रीहरु उपलब्ध गराईएको रेडक्रस रुकुम पश्चिम शाखाका सभापति रमा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले चलिरहेको मनसुन तथा अन्य विपद्का घटनाहरु जुनसुकै बेला घट्न सक्ने जोखिम कायमै रहेको र तत्पश्चात उद्धारका सामाग्रीहरु अभाव देखिएकोले सामाग्रीहरु व्यवस्थापन गरेर हस्तान्तरण गरिएको हो । यसबाट घटना घटिहालेमा तत्कालै खोज, उद्धार लगायतका कार्यमा लाग्न सहज हुने विश्वास लिएको सभापति गौतमले बताउनुभयो । 

0af29240-6ba6-49b7-8b45-0057a4467bef-1727621430.jpgजिल्ला प्रशासन कार्यालयमा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले रेडक्रसले विपद् प्रतिकार्यका लागि महत्वपूर्ण सामाग्रीहरु उपलब्ध गराएको बताउनुभयो ।

उहाँले यी सामाग्रीहरुले विपद्पछिको प्रतिकार्यका लागि अत्यन्तै सहजता दिलाउने उहाँले जनाउनुभयो । विपद् प्रतिकार्यका लागि आवश्यक उद्धार सामामाग्रीहरु अभाव भईरहेको बेला जिल्ला, स्थानीय र वडास्तरमा समेत एकिकृत रुपमा सामाग्री व्यवस्थापन भएको निमित्त प्रजिअ रेग्मीको भनाई रहेको छ । 

रेडक्रसले तत्कालको लागि करिब पाँच लाख रुपियाँ बराबरको सामाग्री हस्तान्तरण गरेको जनाएको छ । 

a76553ff-1a9e-44aa-b930-80eb0105f9b7-1727621429.jpg
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्