chrj chrj
chrj chrj

परम्परागत औंशी मेलामा भलिबल, छेलो र लोकनृत्य प्रतियोगिता

आइतबार, असोज १३, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -४ मन्कोटमा लाग्दै आएको परम्परागत औशी मेलामा विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिता आयोजना गरिएको छ । 

ward1

मेलाको अवसरमा भलिबल, छेलो र लोकनृत्य प्रतियोगिता आयोजना गरिएको मेला आयोजक समितिले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष रेशम क्षेत्रीका अनुसार प्रतियोगिता असोज १४ गते उद्घाटन हुनेछ भने असोज १६ गतेसम्म सञ्चालन हुने छ । यस बिचमा मेलामा स्थानीय नाचगान तथा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत राखिने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।  

अध्यक्ष क्षेत्रीका अनुसार खुला वडा स्तरिय भलिबल प्रयोगितामा प्रथम, द्वितिय र तृतीय हुने टिमलाई ५० हजार, ३० हजार र २० हजार पुरस्कार राखिएको छ भने टिम दर्ताका लागि पाँच हजार रुपियाँ तोकिएको छ । 

त्यसैगरी छेलो हान्ने प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान ल्याउनेलाई क्रमश तीन हजार, दुई हजार र एक हजार पुरस्कार दिईने आयोजकले जानकारी दिएको छ । छेलो प्रतियोगिका लागि एक सय रुपियाँ दर्ता शुल्क तोकिएको छ । 

लोकनृत्य प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान ल्याउनेलाई क्रमश पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ पुरस्कार राखिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्