कुकर र बिरालोलाई रेबिज बिरुद्धको खोप

सोमबार, असोज १४, २०८१

रुकुम पश्चिममा कुकुर र बिरोलोहरुमा रेबिज रोग बिरुद्धको खोप अभियान सुरु गरिएको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयले १८ औ विश्व रेबिज दिवस, २०२४ को अवसरमा जिल्लाका विभिन्न पालिकहरुको सहकार्यमा निशुल्क रेबिज रोग बिरुद्धको खोप अभियान सञ्चालन गरेको हो । 

मुसिकोट नगरपालिकाका पशु सेवा प्राविधिक एवम् नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रिय सदस्य कमल केसीले मुसिकोट नगरपालिका ७ स्थित साँखबाट रेबिज बिरुद्धको एक हप्ते खोप अभियान सञ्चालन गरेको बताउनुभयो । 

खोप अभियान सुरुवातको क्रममा एकैदिन ५५ वटा कुकुरलाई रेबिज बिरुद्धको लगाईएको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुर र बिरालो दुबैलाई खोप लगाउने कार्यक्रम रहेतापनि अहिलेसम्म खोप लगाउन कुकुर मात्र ल्याउने गरेका छन् । 

उक्त अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख ज्ञानु कुमार शर्मा, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतका डा. लक्ष्मी नारायण दास, मुसिकोट नगरपालिका पशु सेवा शाखाका प्रमुख सरस्वती सापकोटा लगायतको उपस्थिति रहेको थियो । 

अवरोध हटाऔं, रेबिज उन्मुलन गरौं भन्ने नाराका साथ रेबिज बिरुद्ध दिवस मनाईरहेको बताईएको छ । 

यसैबिच चौरजहारी नगरपालिकाले पनि आज देखि नगरपालिका भित्रका विभिन्न वडाहरुमा पुगेर रेबिज बिरुद्धको खोपको लागि शिविर सञ्चालन गरेको छ । एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर रेबिज बिरुद्धको खोज लगाउने कार्यक्रम रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो । 

rebij-1727668290.jpg
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्