नगरपालिकाको अनुमति बिनै चलेका १० अटो नियन्त्रणमा

मंगलबार, असोज १५, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अनुमति बिनै सञ्चालन भएका १० वटा अटो तथा इ-रिक्सा नियन्त्रणमा लिएको छ । 

मङगलबार मुसिकोट नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानबाट सञ्चालनको अनुमति नलिई चलेका १० वटा नियन्त्रणमा लिएको हो । 

मुसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीका अनुसार बागबजार, सोलाबाङ, छिवाङ, झुल्खेत लगायतका क्षेत्रमा खटिएको नगर प्रहरीको टोलीले अटो रिक्सा नियन्त्रणमा लिएको हो । 

हाल नगरपालिकाले ५२ वटा अटो सञ्चालनको अनुमति दिएको छ । सानो बजार क्षेत्र, पार्किङको समस्या, तोकिएको संख्या पुरा भएको लगायतका कारण नयाँ रिक्सा दर्ता नहुने भनेर गत भदौ २८ गतेका दिन नगरपालिकाले एक सार्वजनिक सूचना निकालेको थियो । 

सूचनाको बेवास्ता गर्दै केहि रिक्सा नयाँ ल्याएको र केहि दर्ता बिनै सञ्चालन भएकोले नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । नगरपालिकाले अर्को व्यवस्था तथा निर्णय नभएसम्मका लागि नयाँ रिक्सा दर्ताको काम रोकिएको जनाएको छ ।

नगरपालिकाले अटो दर्ता नहुने बारे निकालेको सूचना : 

30e09c47-0071-47a0-81a3-5dc94cece000-1727789555.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्