प्रजिअ जी.सी.र पत्रकार बिच अन्तरक्रिया

मंगलबार, असोज १५, २०८१

हालै रुकुम पश्चिममा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी. र जिल्लास्थित पत्रकारहरुसँग बिच अन्तरक्रिया भएको छ । 

नयाँ प्रजिअको रुपमा सरुवा भएर आएपछि सोमबार पदभार सम्हाल्नुभएका जी.सी. र पत्रकारहरु बिच जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया भएको हो । 

कार्यक्रममा पत्रकारहरुले जिल्लाको सुशासन र विकास निर्माणको अवस्था लगायतका बारेमा प्रभावकारी कार्य सम्पादन गर्न आवश्यक रहेको प्रजिअसँग जानकारी गराएका छन् । 

छलफलमा पत्रकारहरुले विभिन्न स्थानमा भएको अस्तव्यस्त पार्किङको समस्या, अलपत्र विकास निर्माणका संरचनाहरु, भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणको अनुदान रकम, पुनर्निर्माणमा  भएको ढिलाई, शिक्षा क्षेत्रमा मौलाएको विकृति लगायतका बिषयमा गम्भिर भएर लाग्न सुझाव दिएका छन् । 

पत्रकारहरुको सुझावपछि प्रमुख जिल्ला अधिकारी जी.सी.ले जिल्लामा रहँदासम्म स्मरणीय हुने गरेर कार्य गर्ने बताउनुभयो । सकारात्मक प्रतिफल दिने गरी आफूले काम गर्ने उहाँको भनाई छ । पत्रकारले उठाएका सवालहरु ज्याँदै गम्भिर भएकोले समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने उहाँले उल्लेख गर्नुभयो । 

यस अवसरका प्रजिअ जी.सी.लाई नोपल पत्रकार महासंघ रुकुम पश्चिम र सम्पूर्ण क्रियाशिल पत्रकारहरुको तर्फबाट स्वागत गरिएको छ । महासंघका अध्यक्ष लक्ष्मण केसीले उहाँलाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको हो ।

यसका साथै अध्यक्ष केसीले शाखाले प्रकाशन गरेका स्मारिका र मिडिया डायरी समेत प्रदान गर्नुभएको छ । अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, जिल्लास्थित क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । 

WhatsApp-Image-2024-10-01-at-17.02.42_5512ff54-1727785959-1727790952.jpg

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्