Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाडिमा अचेत अवस्थामा भेटिएका अ‍ोलीको मृत्यु

२०७८ कात्तिक २२
tribeni2
  •    गोपालसिंह खड्का

रुकुम पश्चिम / रुकुम पश्चिमको नुवाकोटबाट तुलसीपुरको लागि छुटेको बा प्र-०१- ००६-ख २५९४ फोर्स गाडीको सिटमा सल्यानको बागचौर पुल्चोक नजिक अचेत अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।

नुवाकोटको लिउरेबारीबाट बसाइँसराइ गरि दाङ तुल्सीपुर बेलुवामा बस्दै आएका अन्दाजी ५५ वर्षिय लाल बहादुर ओली सोमबार बिहान गाडीको सिटमै अचेत अवस्थामा फेला थिए ।

अस्पताल लैजादै गर्दा उनको मृत्यु भैसकेको बताइएको छ । ओली पुर्खेउली घर लिउरेबारीमा तिहारको टीका लगाउन आएको बुझिएको छ ।

सिटमा नै अचेत अवस्थामा फेला परेका ओली अल्सर रोगका बिरामी भएको र औषधि समेत सेवन गरिरहेको उनका आफन्तले बताएका छन् ।

सल्यानको बागचौर पुल्चोक नजिक रोल्पाली पाखापानी शारदा होटलमा खाना खानेक्रममा यात्रुहरु सबै ओर्लिदा उनी सिटमा नै बसिरहेकोले बोलाउदा नबोले पछि अचेत भएको थाहा पाएको गाडि चालक रमेश खत्रीले बताउनुभयो । चालक खत्रीका अनुसार त्यतिबेला अचेत अवस्थामा रहेका ओलीको मृत्यु भएको र आफन्तहरुले लाश बुझेर दांग लिईसकेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्