पत्रकार महासंघद्वारा शुभकामना आदान प्रदान

बिहीबार, असोज १७, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजनामा जिल्लाका सरोकारवाला निकायहरु बिचमा शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रममा उपस्थित अतिथि तथा वक्ताहरुले चाडबाडले आपसी भाईचारा, एकता, सुख, शान्ती र समुन्नतीको लागि प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । असत्य माथि सत्यको जित भएको मान्यताका साथ दशैको उल्लास सुरु भएको सहभागिहरुको धारणा रहेको छ । 

पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा र राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकायको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देव बहादुर बिकको बिशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उप प्रमुख बिमल कुमार पुन, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी.सी., जिल्ला अदालत रुकुमका श्रेष्तेदार मन्दिरा शाही लगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका सचिव हिरा परियारले गर्नुभएको थियो । 

461790363_2323286098011225_5069458541396228679_n-1727945581.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्