chrj chrj
chrj chrj

चाडपर्वले एकता, सद्भाव र समुन्नतीमा टेवा दिन्छन् : सांसद रोकाय 

बिहीबार, असोज १७, २०८१

रुकुम पश्चिम ।  राष्ट्रिय सभाका सदस्य तथा नेपाली काँग्रेसका सांसद कृष्ण बहादुर रोकायले नेपालीका हरेक चाडवाडले आपसी भाईचारा, एकता, सद्भाव बृद्धिका साथै राष्ट्रको समुन्नतीमा टेवा पुर्याएको बताउनुभएको छ । 

ward1

बिहिबार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले मुसिकोटमा दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेपाली अनेक रहससहन र संस्कृति बोकेको नेपालीपनले राष्ट्रिय एकतामा जोड दिने गरेको बताउनुभयो । 

यस अवसरमा उहाँले रुकुम पश्चिमका भूकम्पपीडितहरुको सवालमा अस्थायी टहराको अनुदान रकम निकाशा देखि पुनर्निर्माणको योजना समेतका लागि प्राधिकरण, सम्बन्धित मन्त्रालय लगायतमा पुगेर समस्या समाधान तथा बजेट व्यवस्थापनका लागि माग गरिरहेको जनाउनुभयो । 

जिल्लाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुको सहयोग तथा सल्लाहमा सरकारी निकायले निश्पक्ष भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पूर्ण प्रेस स्वतन्त्रताको कुरा संविधानमै उल्लेख भएकोले मिडियालाई कसैको अधिनमा राख्न नहुनेमा जोड दिनुभयो । सरकारले ल्याउन खोजेको मिडिया बिधेयमाथि पत्रकारहरुबाटै बिरोध भएपछि आवश्यक परिमार्जनका लागि टेबल भएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले मिडिया क्षेत्र पनि आफ्नो मर्यादामा रहन आवश्यक रहेको तर कसैको अधिन रहनु हुँदैन भनेर आफुले मत राखेकोले पत्रकारहरुकै सहमतिको बिधेयक ल्याउन पर्नेमा छलफल गरेको बताउनुभयो । 

नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहनु भएका रोकायले सभामा विभिन्न सवालामा आफूले आवाज बुलन्द पारेर सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । उहाँले मध्यपहाडि राजमार्ग अन्तर्गत भेरी नदिमा पुल नबनेको देखि कृषि क्षेत्र, अलपत्र पारिएका विकासे आयोजनाहरुको बारेमा संसदमा नियमित आवाज उठाईरहेको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्