chrj chrj
chrj chrj
मूलपाटी डटकमको तेस्रो वार्षिकोत्सव

मूलपाटी अनलाईन चौथो वर्ष प्रवेश 

बिहीबार, असोज १७, २०८१

आज घटस्थापना अर्थात नेपालीहरूको महान चाड दसैँको पहिलो दिन । यहि शुभदिनको साइत पारेर सुरु गरिएको न्युज पोर्टल मूलपाटी डटकम आजबाट चौथो वर्ष प्रवेश गरेको छ । 

ward1

असत्य माथि सत्यको विजय भएको खुशियालीमा मनाउन थालिएको दसैँको महत्वपूर्ण दिनको श्रीगणेशसँगै मुलबाटो मिडिया प्रा. लि.ले मूलपाटी डटकम औपचारिक रुपमा शुभारम्भ गरेको आजबाट तेस्रो वर्ष पुरा भएको छ । 

सञ्चालनको छोटो अवधिमा पनि मूलपाटी गर्व गर्न लायक सञ्चार माध्याम बनेको छ । कोरोनाको कहर, भूकम्पको विपत्ति, पहुँचवाला र पावरवालाहरुले हामीलाई गरेको उपेक्षा सबै सहेर पनि हामी आाम पाठकहरुको माया, ममता, विश्वास र साथमा पलाउन पाएका छौ । 

हामी सगर्व भन्न सक्छौ - 'पाठकहरुले राम्रो, तथ्य र खास समाचारको खोजीमा मूलपाटी डटकमलाई रोज्नु हुन्छ ।' यहि विश्वास जोगाई राख्न हामी कत्तिपनि बिचलित हुनेछैनौ ।  

सुगमका सिकाइयोग्य कुरा, दुर्गम दुःख (अवस्था, व्यवस्था र सम्भावना) उजागर गरेर राज्यलाई घच्घच्याउने र समुन्नत मुलुक निर्माणमा टेवा पुर्याउने हाम्रो ध्यान रहिरहेको छ । अनलाइनको बजारमा मूलपाटीले पठनिय, खोजमुलक, विश्वासनिय र ताजा खबर पाठकहरुलाई दिने नियमित कोशिस गरिरहेको छ । जसको कारण सबैको प्रिय बन्न सफल भएको छ । 

विश्वासनिय र निष्पक्ष पत्रकारितामा प्रतिवद्ध मूलपाटी टिमले पाएको पाठकहरुको साथ र प्रेरणाको कारण कर्मशिल रहन उर्जा मिलेको छ । तपाईहरुको सबैको यस्तै र थप प्रेरक साथ सल्लाहको अपेक्षा सधै रहिरहने छ । 

....................

सुन्दर शर्मा
अध्यक्ष
मूलबाटो मिडिया प्रा.लि.

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्