chrj chrj
chrj chrj

शिक्षक महासंघद्वारा आयोजित मैत्रीपूर्ण खेलकुद समापन

बिहीबार, असोज १७, २०८१

नेपाल शिक्षक महासंघ मुसिकोट नगर समितिले आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आज समापन भएको छ । 

ward1

तीन दिनसम्म सरस्वती मावि सल्लेमा संचालन भएको यस प्रतियोगितामा विभिन्न विद्यालयका १५ टिम भलिबल, १५ टिम ब्याडमिन्टन र १६ जना घैंटोफोरमा सहभागिता रहेको थियो । 

प्रतियोगितामा मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरुले भाग लिनुभएको थियो । 

महासंघका अध्यक्ष यज्ञबहादुर खड्काका अनुसार भलिबल प्रतियोगितामा ज्ञानेदय मावि लहुँले प्रथम स्थान हात पार्न सफल भएको छ भने सरस्वती मावि सल्ले दोश्रो र न्यु मुनलाइट बोर्डीङ स्कुलले तेस्रो स्थान हात पारेका छन् । भलिबलमा यमुनानन्द नमुना मावि सेरीगाउँले सान्त्वना स्थान प्राप्त गरेको छ । 

व्याडमिन्टनतर्फ भने यमुनानन्द नमुना मावि सेरीगाउँका शिक्षकहरु गणेश केसी र यज्ञ बहादुर खडकाले प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएको छ । त्यसैगरी प्रभात मावि दोपाईका शिक्षकहरु विजय ओली र गंगाराम विष्टले दाश्रो स्थान हाँसिल गरेको आयोजकले जानकारी दिएको छ । 

घैंटोफोर प्रतियोगितामा बिजयश्वरी सेकेण्डरी स्कुलका शिक्षक मनराखी विक सफल हुनुभएको छ । त्यसैगरी भलिबलमा प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा जनकल्याण मावि काँसपोखरीका प्राधानाध्यापक राम प्रसाद ओलीलाई घोषणा गरिएको छ ।

शैक्षिक मेलाको रुपमा रहेको यो प्रतियोगिता असोज १५ गते नगर प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो । 

आज भएको समापन समारोहमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, नगर शिक्षा शाखा प्रमुख विनाराम खडका, शाखा उपप्रमुख नरेन्द्र ओली, वडा नम्वर २ का वडा अध्यक्ष दिनेश खडका, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हरिविष्णु ओली, नेपाल शिक्षक महासंघ रुकुम पश्चिमका अध्यक्ष प्रेम बहादुर खडका, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्