chrj chrj
chrj chrj

जनसाँस्कृतिक महासंघ नेपाल चौरजहारीको अध्यक्षमा जीवन केसी चयन

शनिबार, असोज १९, २०८१

जनसाँस्कृतिक महासंघ नेपाल चौरजहारी नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार भएको सम्मेलनबाट जीवन केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको छ । 

ward1

महासंघको उपाध्यक्षमा चट्टान बि.क. र गीता ओली, सचिवमा अनिता बि.क., सह सचिवमा उत्तम परियार र कोषाध्यक्षमा प्रतिमा राना चयन हुनभएको छ । 

चौरजहारी नगरपालिका ३ स्थित पुर्ण शान्त सहिद स्मृति भवनमा भएको दोस्रो नगर सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा चौरजहारी नगरपालिका इन्चार्ज ऋषिप्रसाद जैसी, जनसाँस्कृतिक  महासंघ कर्णाली प्रदेशका अध्यक्ष एल बी कटुवाल, चौरजहारी नगरपालिकाका उप प्रमुख ईश्वरी शर्मा बिएम लगायतको आतिथ्यता रहेको थियो ।

महासंघका निवर्तमान अध्यक्ष  विजय तिरुवाको अध्यक्षयतामा सम्मेलनको उद्घाटन भएको थियो । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्