सोसल मिडिया
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन आगामी मंसिर २३ र २४ मा हुने भएको छ ।
शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले १६ असोजमा स्थगित भएको अधिवेशन मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको हो ।
यसअघि १० असोजमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनमा विवाद भएपछि बीचैमा स्थगित भएको थियो ।