Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सबैका सहयोगी 'बिजुली माईला'को सन्तान पढाउन सहयोग जुट्दै

२०७८ कार्तिक २२
tribeni2

रुकुम पश्चिम / गाडि दुर्घटनामा परेर ज्यान गुमाएका सानीभेरी गाउँपालिका वडा नं. ९ का जीवन भण्डारी (बिजुली माईला)को किरिया खर्च तथा छोराछोरीको पढाई खर्चको लागि बिभिन्न व्यक्तिहरुले सहयोग गर्नुभएको छ ।

गत असोज २३ गते बिजुली माईलाको निधन भएको थियो । त्यस यता करिव २ सय ५० जना भन्दा बढी व्यक्तीहरुबाट करिव १ लाख ५० हजार किरिया खर्च तथा छोराछोरीको पढाई खर्चको लागि सहयोग संकलन भएको पत्रकार नारायण ओलीले बताउनुभयो ।

बिजुली माईलाको परिवारको लागि पत्रकार ओलीको अगुवाईमा आर्थिक रकम संकलन भइरहेको छ । परिवारको अन्य आर्थिक श्रोत नभएको र कमजोर आर्थिक अवस्था भएकोले उहाँको सन्ततीको भविष्यको लागि सहयोग अभियान चलाईएको पत्रकार ओलीले बताउनभयो ।

सानीभेरी गाउँपालिका ९ सिम्ली स्थित श्री राप्ती ज्ञानोदय माध्यमिक बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत जीवन भण्डारी बिजुली माईलाको नामले परिचित हुनुहुन्थ्यो । उहाँ विद्यालयको सहयोगीको भूमिकामा भएपनि चिन्ने नचिन्ने सबैको सहयोग गर्ने गर्दथे । सहयोगी मनका धनि उहाँको सहयोग गर्ने क्रममै गत असोज २३ गते अर्मा गाउँमा मान्छे छोडेर फर्किने क्रममा दुर्घटनामा परि घटनास्थलमै मृत्यू भएको थियो ।

बिजुली माईलाको निधन भएपछी सहानुभुति प्रकट गर्दै क्रिया खर्च तथा छोरा छोरीको लागि पढाइ खर्च स्वरुप देश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ । हाल सम्म १ लाख ५० हजार रकम जुटेको पारिवारिक श्रोतले जनाएको छ ।

पछिल्लो समय सानीभेरी गाउँपालिका वडा नं ९ स्थायी घर भई हाल साउदिअरब रहनु हुने कविराम विक¸ राजकुमार ओली¸ सानीभेरी ८ का दुर्गा परियार (हेलोराज) सानीभेरी ९ बाट तुलसिपूर बसाईसराइ गर्नुभएका बिरेन्द्र भण्डारीले ५/५ हजारका दरले रु २० हजार सहयोग पठाउनुभएको छ । त्यस्तै सानीभेरी ६ कोटगाउँ घर भई एक हाल कोरिया रहनुहुने एक जनाले ५ हजार ५ सय र कोटगाउँकै प्रकाश कुसारीले रु १ हजार ५ सय बिजुली माइलाका छोराछोरीको पढाई खर्चकालागि आर्थिक सहयोग गर्नुभएको छ ।

पत्रकार नारायण ओलीको नाममा पठाएको उक्त रकम सोमबार बिजुली माइलाको छोराछोरीलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्