chrj chrj
chrj chrj

मुसिकोटको सेरीगाउँबाट आठ किलो अवैध अफिमसहित दुई जना पक्राउ

आइतबार, असोज २०, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ सेरीगाउँबाट अवैध लागु औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । 

ward1

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आठ किलो एक सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ । 

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका –९ घर भई हाल वडा नम्वर ५ सेरीगाउँ बस्ने ३६ वर्षिय भिमबहादुर ओली र आठबिसकोट नगरपालिका –२ स्याला बस्ने ३५ वर्षीय अजय यरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले अवैध अफिमको कारोबार भईरहेको बेला ड्युटीमा खटिएको प्रहरी टोलीले शुक्रबार राती अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार अफिम कारोबारमा संलग्न ओली र यरीबाट आठ किलो एक सय ग्राम अफिम र तीन वटा मोबाईल समेत बरामद गरिएको छ । 

सेरीगाउँबाट ज्यामडाँडातर्फ जाने पक्कि सडकको छेवैमा पहेलो रंगको प्लाष्टिकको बोरा यरीले दिदै गरेको र ओलीले लिदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरु बिरुद्ध अवैध लागु औषध मुद्धा दर्ता गरी रुकुम जिल्ला अदालतबाट जरुरी पक्राउ पूर्जि स्वीकृत गराई घटनाको थप अनुसन्धान सुरु गरिएको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्