chrj chrj
chrj chrj

प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सुरु

आइतबार, असोज २०, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ बराटाकुरास्थित कभर्डहलमा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । 

ward1

६९औं प्रहरी दिवस, २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको आईतबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी.सी.ले उद्घाटन गर्नुभएको हो । 

प्रतियोगितामा ३२ टिमले भाग लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो । भाग लिएका टिमहरुलाई टाई सिट अनुसार प्रतियोगिता सुरुवात गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज पोखरेलको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुल बहादुर जी.सी.को प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक बखतबहादुर शाहीले गर्नुभएको थियो । 

प्रतियोगिता भोली सोमबारसम्म चल्ने बताईएको छ । प्रतियोगितामा विजयी टिमलाई औपचारिक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने बताईएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्