chrj chrj
chrj chrj

सल्यानका उत्कृष्ट वन समुहलाई पुरस्कार र सम्मान

आइतबार, असोज २०, २०८१

डिभिजन वन कार्यालय सल्यानले उत्कृष्ट कार्य गर्ने वन समहुहरुलाई पुरस्कारसहित सम्मान गरेको छ । 

ward1

गत आर्थिक वर्षमा उत्कृट काम गर्ने सामुदायिक वन तथा कबुलियत वन समुहहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो । 

सामुदायिक वनको संरक्षण, सम्बद्र्धन, सदुपयोग र समूहको संस्थागत विकासको साथै  समग्र वन व्यवस्थापनमा उल्लेखनीय भुमिका गरेको भन्दै उत्कृष्ट वन समुह छनौट गरेर पुस्कार तथा सम्मान प्रदान गरिएको वरिष्ठ वन अधिकृत तथा सुचना अधिकारी चन्द्रविर गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार शारदा नगरपालिका १५ को शारदा सामुदायिक वन उपभोक्ता समुह प्रथम, कपुरकोट गाउँपालिका १ को स्यालडेरा सामुलायिक वन उपभोक्ता समुह दोश्रो, बागचौर नगरपालिका ५ को हिमाली सामुदायिक वन उपभोक्ता समुह तेस्रो  र बनगाड कुपिण्डे नगरपालिका ४ को सल्लेरी सामुदायिक वन उपभोक्ता समुह  सान्त्वना भएका छन् । उत्कृष्ट स्थान हाँसिल गर्न सफल वन समुहलाई क्रमश १५ हजार, १० हजार, सात हजार र पाँच हजार नगद रुपियाँ र प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

त्यसैगरी कबुलियत वन तर्फ  शारदा नगरपालिका २ को सृजनशिल कबुलियत वन समुह प्रथम, कालीमाटी गाउँपालिका २ को नवदुर्गा भवानी कबुलियत वन समुह  दोस्रो र पकुपिण्डे नगरपालिका १ को परिबेल कबुलियत वन समुह बनगाड तेस्रो भएका छन । पुरस्कृत कबुलियत वन समुहलाई क्रमश १५ हजार, १० हजार र पाँच हजार नगद रुपियाँ र प्रशंसा पत्र सहित सम्मान गरिएको वरिष्ठ वन अधिकृत गुरुङले जानकारी दिनु भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय प्रमुख टेकबहादुर रावलले सामुदायिक र कबुलियत वनको अधिकार अहिले राज्य स्थानीय समुदायलाई नै दिएको र त्यसको सबैले सरक्षण गर्नुपर्ने बताउनु भयो । विगतमा राष्ट्रिय वन हुँदा जथाभावी प्रयोग हुने गरेको र वन कार्यालयले मात्र सरक्षण गर्न नसक्ने हुँदा यो अधिकार स्थानीय समुहलाई दिएको उहाँको भनाई छ । 

वन कार्यालयको समन्वयमा इमानदारीता र लगनशीलका साथ समुह र समग्र वन व्यवस्थापन कार्यमा नविनतम आयाम थप्न उहाँले सबैलाई आग्रह गर्नु भएको छ । सल्यान जिल्लामा जम्मा ६१६ सामुदायिक वन र २०२ कबुलियत वन रहो छन् । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्