chrj chrj
chrj chrj

सानीभेरी नदीमा सात वर्षीय बालक बेपत्ता

मंगलबार, असोज २२, २०८१

रुकुम पश्चिमका एक बालक सानीभेरी नदीमा बेपत्ता भएका छन् ।

ward1

मुसिकोट नगरपालिका वडा नम्बर २ निवासी खेम बहादुर गिरीका कान्छो छोरा ७ वर्षीय सन्तोष गिरीलाई नदीले बगाउँदा बेपत्ता भएका हुन् ।

वडा अध्यक्ष दिनेश खड्काका अनुसार आईतबार पौडी खेल्न वडा नम्बर २ को लामितरा भन्ने ठाँउ सहोदार दाई र अर्का एक साथीको साथमा गएका गिरीलाई नदीले बगाएको हो ।

नदीले बगाएका बालक गिरी अहिलेसम्म बेपत्ता रहेका छन् । नदी किनारमा आफन्त र प्रहरीले खोजी गरिरहेको तर फेला पर्न नसकेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्