chrj chrj
chrj chrj

३८ किलो चरेस र ११ किलो अफिमसहित रुकुम पूर्वका तीन जना दाङमा पक्राउ

बुधबार, असोज २३, २०८१

दाङ । अवैध लागु औषध अफिम र चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ward1

जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार घोराही उपमहानगरपालिका -१८ मसिनाबाट रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ४ बस्ने ३७ वर्षीय सुविन्द्र पुन, सोहि गाउँपालिका वडा नम्वर ३ का ५१ वर्षीय चेतन बुढा र भूमे गाउँपालिकाको काँक्रि घर भई हाल दाङको घोराही उपमहानगरपालिका -१८ मसिना बस्ने ४२ वर्षीया बिनी पुनलाई लागु औषधसहित पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई बरामद गरेको सामानसहित पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुबाट ३८ किलो ९७२ ग्राम चरेस, ११ किलो १८० ग्राम अफिम, लागु औषध तौल गर्ने एक थान डिजिटल तराजु, लागु औषध प्याकिङ गर्न प्रयोग गर्ने बिभिन्न साईजको एक किलो चार सय ग्राम प्लाष्टिक, लागु औषध प्याकिङ गर्दा प्रयोग गरिने पहेलो र खैरो रङको चार थान टेप र एक थान कैचि बरामद गरिएको प्रहरीले जनकारी दिएको छ । 

प्रहरीका अनुसार मंगलबार दिउँसो दाङ घोराही उपमहानगरपालिका -१८ मसिना क्षेत्रमा सुविन्द्र र चेतनले अफिम बोकेका छन् भन्ने गोप्य सुचना प्रहरीले पाएको थियो । त्यस आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक इश्वर थापाको कमाण्डमा १० जनाको प्रहरी टोली उक्त स्थानमा खटिएको थियो । शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा निलो रङको प्लाष्टिक भित्र सेतो प्लाष्टिकको २ पोका भित्र लागु औषध (अफिम) बरामद गरिएको प्रहरीको भनाई छ । 

त्यसपछि दुवै जनालाई सोधपुछ गर्दा मसिनामा डेरा गरी बस्ने बिनी पुनबाट खरिद गरी ल्याएको बताएपछी सोही आधारमा बिनिको कोठा जाँच गरिएको थियो । त्यसक्रममा  बिनिको भान्सा कोठामा बोरा तथा प्लाष्टिक भित्र लुकाई छिपाई गरी राखेको अफिम र चरेश फेला पारेको प्रहरीले जनाएको छ । 

तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्