chrj chrj
chrj chrj

क्यान्सरपीडित रमिताको उपचारको लागि अमेरिकाबाट साढे सात लाख सहयोग

बुधबार, असोज २३, २०८१

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका  -८ दुलीकी रमिता खत्री प्राणघातक रोग क्यान्सरबाट पीडित हुनुहुन्छ । पाठेघरको क्यान्सरपछि उपचार अभावमा रहनुभएकी उहाँलाई अमेरिकामा रहेका मनकारी नेपालीहरुले आर्थिक सहयोग जुटाएका छन् । 

ward1

खत्रीको उपचारको लागि अमेरीकामा संकलन गरिएको सात लाख ५८ हजार ९२५ रुपियाँ मंगलबार एक कार्यक्रमका बिच वाँफिकोट ८ को मावि दुली पोखरामा हस्तान्तरण गरिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्वर ८ का युवराज केसी, नवराज केसी, भीउसन केसी लगाएतका ५३ जना युवाहरुले सहयोग रकम संकलन गरी पठाएको उक्त रकम भर्खरै अमेरीकाबाट फर्किनुभएका समाजसेवी गोर्ख कुसारी र बाँफिकोट गाउँपालिका वडा नम्वर ८ का वडा सदस्य मनकुमारी केसी मार्फत हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बुझ्दै क्यान्सर पिडित रमिता खत्रीले आफ्नो ज्यान बचाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले आफु जस्तै अन्य विरामीहरुलाई पनि सहयोग गर्न मनकारी सहयोगीहरुलाई अनुरोध समेत गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा वडा नम्वर ८ का वडाबासीको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार तथा सामाजिक अभियान्ता नारायण ओलीले गर्नुभएको थियो । ओलीले बिरामी तथा अप्ठ्यारोमा परेकाहरुको उपचार तथा उद्धारका लागि सहयोग अभियान सञ्चालन गरेर सहयोग प्रदान गर्दै आउनुभएको छ ।  

462366890_8529583433827007_6645841787786733297_n-1728438050.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्