Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बारीमै कुहिए बन्दागोभी, किसान मर्कामा

२०७८ कार्तिक २३
tribeni2

रुकुम पश्चिम / जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ को दहभागेमा किसानले उत्पादन गरेका बन्दागोभी बारीमै कुहिएका छन् । बन्दागोभीले बजार नपाउदाँ बारीमै कुहिएको किसानले बताएका छन् ।

बजार अभावको कारण बारीमै बन्दागोभि कुहिएपछि किसानहरु चिन्तित बनेका छन् । त्रिवेणी गाउँपालिका वडा नं. १ का किसान मनकला खत्रीले तरकारी व्यवसायको लागि उब्जाएका बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको बताउनुभयो ।

अर्का किसान हरिभक्त ओलीले दहभागे टोलका प्राय किसानले मेहेनत र लगानी गरेर उब्जाएको खेती खेर जाँदा किसानहरु हतोत्साही भएको जनाउनुभयो । ‘स्थानीय बजारमा समेत खपत भएन,’ ओलीले भन्नुभयो ‘दांग पठाउँदा किसाने मुल्य पाउनुको साटो ढुवानी भाडा समेत बेहोर्नुपर्ने अवस्था आयो ।’

स्थानीय छबिलाल केसीका अनुसार यहाँका करिब १५ घर किसानले यसपटक लगाएको बन्दागोभि बारीमै कुहिएको छ । करिब २५ कठ्ठा जमिनमा लगाएको बन्दागोभिको तरकारी खेती कुहिएर गएको केसीले उल्लेख गर्नुभयो ।

दांगबाट प्रतिकेजि १० रुपैयाको दरले माग आएतापनि त्यहाँ सम्म पु¥याउँदा प्रतिकेजि १७ रुपैया पर्ने भएकोले किसानकै बारीमा बन्दागोभि कुहिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्