chrj chrj
chrj chrj

नेपालगञ्जबाट चौरजहारी आउँदै गरेको फोर्स गाडि दुर्घटना हुँदा १६ जना घाईते

बिहीबार, असोज २४, २०८१

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवहाक फोर्स गाडि सल्यानमा दुर्घटना भएको छ । 

ward1

लु २ ख ५००२ नम्वरको फोर्स गाडि सल्यानको कुमाख गाउँपालिका ३ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आज बिहिबार बिहान ४ बजे गाडि दुर्घटना भएको हो । 

दुर्घटनामा परेर १६ जना घाईते भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । घाईते मध्य चार जनाको अवस्था गम्भिर रहेको र १२ जना सामान्य रहेको उहाँले जनाउनुभयो । सबै घाईतेहरुको उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल ल्याईएको छ । 

ब्रेक फेल भएको कारण गाडि दुर्घटना भएको बताईएको छ । घटनाको पुरा विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्