chrj chrj
chrj chrj

फोर्स गाडि दुर्घटना अपडेट : तीन जना गम्भिर घाईते थप उपचारका लागि रिफर (घाईतेहरुको विवरण)

बिहीबार, असोज २४, २०८१

बिहिबार बिहान सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा यात्रुबहाक फोर्स गाडि दुर्घटना हुँदा घाईते भएका मध्य तीन जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । 

ward1

उपचारका लागि चौरजहारी अस्पताल ल्याईएका मध्य तीन जनाको अवस्था गम्भिर भएपछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको हो । 

नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको लु २ ख ५००२ नम्वरको फोर्स गाडि आज बिहान देवस्थल चौरजहारी भित्रि सडकखण्डको गुरेलीखोलामा दुर्घटना परेको हो । 

ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार गाडिमा सवार २० जना यात्रु मध्य १७ जना घाईते भएका थिए । घाईते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पर्ठाएको थियो भने एक जनालाई प्राथमिक उपचार पश्चात घर जानुभएको थियो । 

अस्पतालमा पठाईएका मध्य तीन जनालाई रिफर गरिएको अस्पतालले जनाएको छ । दुर्घटनामा घाईते हुनुभएका चौरजहारी नगरपालिका १ निवासी ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका ३ निवासी २२ वर्षीय सन्तोष राना र सोहि स्थानकी ३२ वर्षीया गिता बुढा लाई रिफर गरिएको हो । उहाँहरुको खुट्टा र निधारमा गम्भिर चोट रहेको बताईएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएकोछ । 

प्रहरी निरीक्षक खड्का अनुसार अन्य घाईते हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका ३ निवासी ५५ वर्षीय बसन्त भारती, सोही स्थानकी ६० वर्षीया बसन्ता भारती, २२ वर्षीय पारस भारती, २३ वर्षीया सम्झना भारती, १५ वर्षीय बिनोद नाथ योगी र १८ वर्षीया बिनिता नाथ योगी रहेका छन् ।

त्यसैगरी कुमाख गाउँपालिका १ निवासी २८ वर्षीया बिष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, १३ वर्षीया सलिना शाही, २१ वर्षीय दिपक नाथ योगी, कुमाख गाउँपालिका ६ निवासी २५ वर्षीय हरि सुनार, कुमाख गाउँपालिका ४ निवासी २० वर्षीया सुजाता बुढाथोकी र २० वर्षीया बिन्दु लामिछाने घाईते भएका छन् । 

गाडि चालक सल्यानको कुमाख गाउँपालिका ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेको र खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । गाडिको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्