सोसल मिडिया
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको बुढुमष्ट क्षेत्र विकास कोषको ९औं बार्षिक साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।
बुरालमष्ट गादिघर मन्दिर परिसरमा बिहिबार भएको अधिवेशनबाट ध्रुवराज केसीको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरिएको छ ।
कोषको उपाध्यक्षमा तारापति पुरी, सचिवमा रामप्रसाद केसी, सहसचिवमा लक्ष्मी केसी र कोषाध्यक्षमा देव बहादुर केसी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा तप्त बहादुर केसी, वीरेन्द्र रिजाल, निर्माया शाही र खडक बहादुर केसी चयन हुनुभएको छ ।
बुढुमस्ट छेत्र विकास कोष रुकुम २०६५ मा स्थापना भई २०७२ सालमा पुनः स्थापना भएको थियो ।