chrj chrj
chrj chrj

क्रिकेट विजेता टिमलाई खसी पुरस्कार

बिहीबार, असोज २४, २०८१

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित बेल्टापु रंगशालामा भएको प्रथम फुक्रु टि ट्वाईन्टी (२०) क्रिकेट तथा खसी कप २०८१ मा सानीभेरी गाउँपालिका वडा नम्वर ७ को टिम विजेता भएको छ । 

ward1

बिहिबार भएको फाईनल खेलमा सानीभेरी ७ विजेता बनेको हो । विजेता टिमले खसी हात पारेको आयोजक टिम फुक्रुले जानकारी दिएको छ । त्यसैगरी उक्त प्रतियोगितामा वडा नम्वर ११ को टिम उप विजेता बनेको छ । 

प्रथम फुक्रु टि ट्वाईन्टी (२०) क्रिकेट तथा खसी कप २०८१ मा विभिन्न वडाका १५ टिमको सहभागिता रहेको थियो । आयोजक समितिका कुशल भण्डारीका अनुसार विजेता टिमलाई खसी र उप विजेता टिमलाई नगद दुई हजार रुपियाँ पुरस्कार दिईएको छ । 

विजयादशमीको अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा सानीभेरी गाउँपालिका भित्रका वडामा रहेका टिमहरुमा बिचमा मात्र प्रतिश्पर्धा गराईएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्