chrj chrj
chrj chrj

आज टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे

शनिबार, असोज २६, २०८१

काठमाडौं । वि.सं. २०८१ को बडादशैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११:३६ बजे रहेको छ । 

ward1

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ । 

टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, सदस्य प्राडा देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख छ । 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्