chrj chrj
chrj chrj

टिकाको दिन मुसिकोटको झोलुंगे पुलबाट हाम्फालेर घटनास्थलमै एक जनाको मृत्यु

शनिबार, असोज २६, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको  झोलुंगे पुलबाट हाम्फालेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

ward1

आज शनिबार दिउँसो ४ बजे दसैँको टिका दिन मठ - सल्ले जोड्ने झोलुंगे पुलबाट हाम फाल्दा एक पुरुषको मत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थल नजिकै एक रातो ज्याकेट रहेको र त्यस ज्याकेटमा मुसिकोट नगरपालिका १ का ३७ वर्षीय बुद्धिराम बोहराको नागरिकता फेला परेको छ । प्रारम्भिक रुपमा मृतक बोहरानै रहेको अनुमान गरिएको उहाँको परिवारका सदस्यहरुलाई घटनास्थलमा बोलाईएको उहाँले जानकारी दिनुभयो । 

घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक पाठकले अग्लो पुलबाट हाम्फालेर तल रहेका ढुंगामा परेको कारण शव रक्ताम्य रहेको छ । निधारमा दसैँको टिका समेत लगाएको हुनसक्ने बताईएको छ ।  

आफन्त आएमा आवश्यक कानूनी प्रक्रिया पुरा गरेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लिने तयारी प्रहरीको रहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्