कार्तिक १ गते कर्णालीमा सार्वजनिक बिदा

बुधबार, असोज ३०, २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ ।

असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश भरका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

बिदाको निर्णय कर्णाली मन्त्रिपरिषद् बैठकले वैशाख १ गते नै गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्