Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सामुदायीक भवन बेवारिसे, चार लाख ५० हजार बालुवामा पानी बन्दै

२०७८ कार्तिक २३
tribeni2
  • गोपालसिंह खड्का

रुकुम पश्चिम / भौतिक संरचनाको अभावमा सेवा प्रवाह प्रभावित भएको सुन्दै आएको खबर हो । तर, रुकुम पश्चिममा भने निर्माण भएको ८ बर्ष बितिसक्दा पनि यहाँको एक सामुदायीक भवन प्रयोगमा आएको छैन ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १० को अमलाटाकुरामा निर्माण गरेको 'तिमीले चिन्तु सामुदायिक वन'को भवन प्रयोग विहिन भएको हो । 'तिमीले चिन्तु सामुदायिक वन उपभोक्ताको समिति'ले र्मिाण गरेको भवन हाल वेवारिसे अवस्थामा रहेको छ ।

सामुदायिक वनमा रहेको काठपात, घास, दाउरा बेचेर भएको आम्दानीको तीन लाख र साविक अर्मा गाविस वडा नं. ४ को १ लाख ५० हजार सहयोग गरि कुल चार लाख ५० हजारमा निर्माण गरिएको उक्त भवन अहिले सम्म प्रयोगमा नआएको स्थानीय शिक्षक प्रविणकुमार खड्काले बताउनुभयो ।

कार्यालय कक्ष र बैठक हलको प्रयोजनको लागि बनाएको दुई कोठे भवन प्रयोग विहिन भएको हो ।

सामुदायिक वन उपभोक्ता समितिको बैठक बस्न, तालिम सञ्चालन गर्न तथा कर्मचारी राखि दैनिक नियमित कामकाज गर्न भवन निर्माण गरिएको भएतापनि सरोकारवाला र सामुदायिक वन उपभोक्ता समिति निष्क्रिय हुदाँ भवन प्रयोगमा आउन नसकेको समितिका पूर्व अध्यक्ष नरबहादुर खड्काले जनाउनुभयो । भवन निर्माण आफ्नो पालोमा भएको र चर्पी समेत बनाई रङ्ग रोगन गरि चिटिक्क पारेर राखे पनि भवनमा कार्यालय सञ्चालन र नियमित बैठक बसाल्न नसक्नु समितिको कमजोर समेत रहेको पूर्व अध्यक्षले स्वीकार गर्नुभयो ।

भवन निर्माण गरेका ८ बर्ष पुग्दासम्म कसैले वास्ता नगरेकोले भवन जिर्ण हुँदै गइरहेको स्थानीयवासीको गुनासो छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्