‘रुकुम मैकोट’ बन्यो लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली गीत

बिहीबार, कात्तिक १, २०८१

फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सबैभन्दा लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुने नेपाली गीत बनेको छ । असोज ६ गते विश्वब्यापी ट्रेन्डिङमा समावेश यो गीत अहिले सूचीको ५९ औं स्थानमा छ ।

एसडी योगीद्वारा संगीतबद्ध गीतलाई अहिलेसम्म ३ करोड ४६ लाख पटक हेरिएको छ । ७ हजारभन्दा बढी प्राप्त प्रतिक्रिया पनि सकारात्मक छ । यो गीत अहिले पनि टिकटक र रिल्समा उत्तिकै लोकप्रिय छ ।

कात्तिक ६ गते यो गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा परेको एक महिना पुग्दैछ । युट्युवले हरेक साता ‘ग्लोबल टप म्युजिक भिडियो’को सूची अपडेट गर्छ, जसमा ‘रुकुम मैकोट’ माथि उक्लिएको हो । सुरुमा यो गीत ७३ औं स्थानमा थियो ।

लोकलय र मनछुने शब्दको कारण यो गीतलाई धेरैले रुचाइरहेका छन् । धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोमाथि विदेशीले पनि टिकटक बनाइरहेका छन् ।

यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि झण्डै दुई साता ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्