राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन हुँदै

बिहीबार, कात्तिक १, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन कात्तिक ३ गते मुसिकोटमा हुने भएको छ । 

पार्टीका संगठन विभाग सदस्य ई. मानबहादुर शाहीका अनुसार पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख अतिथिको रुपमा सम्मेलनको सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनले नयाँ कार्यसमिति चयन गने बताईएको छ । 

पार्टीको राष्ट्रिय सम्मेलन आगामी बैशाख २५, २६ र २७ मा हुने भएकोले त्यसकै तयारीको क्रममा जिल्ला सम्मेलन गर्न थालिएको पार्टीले जनाएको छ । 
संगठन विभाग सदस्य शाहीका अनुसार सम्मेलनका लागि प्रतिनिधि चयन लगायतको काम करिब अन्तिम चरणमा पुगेको छ ।

सम्मेलनमा जिल्लााका ६ वटै पालिकाबाट करिब एक सय प्रतिनिधिसहित अन्य शुभ चिन्तक र समर्थकहरुको समेत सहभागिता रहने बताईएको छ । 

मुसिकोट नगरपालिका १ को बाल मन्दिरमा हुने उक्त सम्मेलनमा सहभागिताको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक शुभचिन्तकहरुलाई अनुरोध गरिएको शाहीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्