रास्वपा रुकुम पश्चिमको सभापतिमा ईन्जिनियर शाही सर्वसम्मत चयन

शनिबार, कात्तिक ३, २०८१

शनिबार रुकुम पश्चिमको मुसिकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले इन्जिनियर मानबहादुर शाही सभापति रहेको १३ सदस्यीय नयाँ जिल्ला तदर्थ समिति चयन छ ।

समितिको उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा शेखर चन्द, सह सचिवमा मना खड्का गिरी र  कोषाध्यक्षमा रमिता खड्का चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा प्रविन बुढाथोकी, निरज गिरी, चन्द्रबहादुर ओली, शुनिल मल्ल,  पवन ओली, दिपेन्द्र विष्ट र शान्ती गिरी चयन हुनुभएको छ । एक सदस्य पछि थप हुने बताइएको छ ।

पार्टीका प्रमुख सचेतक सन्तोष परियारको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा पार्टीका कर्णाली प्रदेश उपसभापती प्रेम बोहरा, महामन्त्री ललित चन्द, मानव संसोधन विभाग प्रमुख पवनराज देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

तदर्थ समितिले आगामी पार्टीको महाधिवेशन सम्मको लागि काम गर्ने र त्यस पश्चात जिल्लामा नर्या कार्यसमिति निर्माण हुने जिल्ला पार्टी सभापतिमा शाहीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्