डोल्पाबाट रुकुम पश्चिमस्थित मामा घर आएका बालकको मृत्यु

शनिबार, कात्तिक ३, २०८१

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५ स्थित छारखोलामा एक बालकको मृत्यु भएको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिका -९ डाँगीबारा निवासी विरचन्द्र डाँगीको छोरा ८ वर्षीय संस्कार डाँगीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँफीकोट गाँउपालिका -५ स्थित छारखोलामा खेल्न गएका बालक डाँगीको खोलामै ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

खोलामा खेल्ने क्रममा बालकले टेकेको ढुङ्गा पल्टिएको र सोही ढुङ्गाले च्यापिएर बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालक डाँगी डोल्पाबाट बाँफिकोटमा रहेको मामा घर आएका थिए ।

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषी पाठकको नेतृत्वमा प्रहरीको अनुसन्धान टोली घटनास्थल गएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्