सोसल मिडिया
सर्जक तथा गायक रमेश डाँगीको ‘रारा ताल मुगुमा’ बोलको भिडियो गित बजारमा आएको छ ।
राराताल मुगुमा ..., राराताल मुगुमा ... मेरी माया बस्याको ठाउँसम्म कसरी पुगुमा ?
रमेश डाँगीको शब्द र लय रहेको यस गितमा रमेश डाँगी र राधा बिसी डाँगीको सुमधुर स्वर रहेको छ । मुगुको स्थानीय परिवेश, रारा तालको सुन्दरता सहितको भिडियोसहितको यो गित Ramesh Dangi युटुबबाट सार्वजनिक भएको हो । गितमा देउडा भाका र स्थानीय भाषा परिवेशको मिठास झल्काईएको छ ।
फ्ल्याईङ फिचर फिल्म प्रोडक्सन मुगुले उत्पादन गरेको यस गितको भिडियो निर्देशन मुगुकै देवेन्द्र कार्कीले गर्नुभएको छ । गितको भिडियोमा रमेश डाँगी, सुमित्रा रावल, युवराज ओली, बरदान आरएल ठकुरी र जुनमाया नेपालीको अभिनय रहेको छ ।
गीतले बिशेष गरि कर्णालीको परम्परा र रहनसहन समेत झल्काउन खोजेको छ भने यहाँका पर्यटकिय स्थान र सम्पदाहरुको प्रचार गरेको छ । गितमा स्थानीय रुपमा बोलिने भाषा देखि संस्कृति, पर्यटन, कृषि उत्पादनको संयोजक गरिएको छ ।
भिडियो :