सोसल मिडिया
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफै सहभागी कार्यक्रममा पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै निन्दा भएको छ ।
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सभाहलमा आज मंगलबारका दिन भईरहेको प्रदेश बिशेष कार्यक्रम तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा पत्रकार बलेन्द्र ओलीप्रति मुख्यमन्त्री कँडेलले दुव्र्यवहार गरेको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जनाएको छ ।
सेन्टरका जिल्ला अध्यक्ष देवकुमार ओलीले समाचार संकलनका लागि पुगेका पत्रकारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुव्र्यवहार गरेको घटनाले नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको ध्यानाकर्षण भएको छ ।
कार्यक्रम चलिरहेको बेला फोटो र भिडियो खिचिरहेको बेला राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार बलेन्द्र ओलीलाई मुख्यमन्त्री कँडेलले भिडियो नखिच्नु भन्दै अपमानजनक व्यबहार गरेको बिज्ञप्तिमा जनाईएको छ ।
यस कार्यले पत्रकारले निर्वाध रुपमा समाचार संकलन गर्न पाउने अधिकार कुन्ठित भएको जनाईएको छ । सेन्टरले घटनाको निन्दा गर्दै निर्वाध र स्वतन्त्रपूर्वक समाचार संकलनको वातावरण निर्माण गर्न समेत अनुरोध गरेको छ ।