Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

देउसीको रकमबाट अखिल क्रान्तिकारीले दियो विपन्न बिद्यार्थीहरुलाई झोला

२०७८ कार्तिक २३
tribeni2

रुकुम पश्चिम / अखिल क्रान्तिकारीले विपन्न परिवारका १४ जना बिद्यार्थीहरुलाई स्कुल झोला प्रदान गरेको छ ।

तिहारको अवसरमा अखिल क्रान्तिकारी चौरजहारी नगर कमिटिले खेलेको देउसी भैलोबाट संकलित रकमबाट बिपन्न बिद्यार्थीहरुलाई सहयोग गरेको हो ।

संगठनका चौरजहारी नगर कमिटि अध्यक्ष निर्मल केसीका अनुसार चौरजहारी नगरपालिकाका १४ ओटै वडाका १/१ जना बिपन्न बिद्यार्थी छनौट गरेर प्रोत्साहन स्वरुप स्कुल झोला वितरण गरिएको हो ।

चौरजहारी नगरपालिकाको वडा नम्वर ६ को शान्तिबजारमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई झोला वितरण गरिएको हो । नेकपा माओवादी केन्द्रका चौरजहारी नगर कमिटि अध्यक्ष श्रीकृष्ण शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा, जिल्ला अध्यक्ष नारायण केसी, जिल्ला उपााध्यक्ष निराजन केसी, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य खुमबहादुर खड्काले बिद्यार्थीहरुलाई झोला हस्तान्तरण गर्नुभएको हो ।झोला हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका चौरजहारी नगर कमिटि अध्यक्ष श्रीकृष्ण शर्मा र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्माले मन्तव्य राख्नुभएको थियो । 

क्रान्तिकारीले चौरजहारी नगरपालिका १ नम्वर वडाकी मेलिना सुनार, २ नम्वर वडाकी अंकिता रावत, ३ नम्वर वडाका विकास बिक, ४ नम्वर वडाका हिमबहादुर दमाई, ५ नम्वर वडाका प्रशान्त बोहरा, ६ नम्वर वडाका हेमराज बिसी, ७ नम्वर वडाका राजु केसीलाई झोला उपलब्ध गराएको नगर कमिटि अध्यक्ष केसीले जनाउनुभयो ।

त्यसैगरी ८ नम्वर वडाका पुष्पकमल केसी, ९ नम्वर वडाका बिनय थापा, १० नम्वर वडाकी भावना बादी, ११ नम्वर वडाका प्रकाश ओली १२ नम्वर वडाका गोबिन्द परियार, १३ नम्वर वडाकी एलिसा सुनारलाई झोला बिवरण गरिएको हो । १४ नम्वर वडाबाट भने सम्बन्धित बिद्यार्थी अनुपस्थित भएकोले आज वितरण गर्न नसकिएको जनाइएको छ ।

देउसीबाट संकलित रकम थोरै मात्रामा भएपनि सामाजिक तथा मानविय कार्यमा योगदान गर्ने हेतुले यस खालको सहयोग प्रदान गरिएको नगर अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

यस बर्षको तिहारको अवसरमा चौरजहारीका केहि वडाहरुमा दुई दिन देउसी खेलेर क्रान्तिकारीले ६२ हजार ५ सय रकम जम्मा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्